[t4b-ticker]
Saturday, April 18, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

    सर्वोच्चले कांग्रेसको नेतृत्वमा गगन थापालाई वैधता दिनुका तीन कारणहरू

    ‘उज्यालो नेपाल’ अभियान लिएर अमेरिका–युरोप भ्रमणमा कुलमान

    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै उनेपाले सरकारसँग राख्यो ६ बुँदे माग

    अमेरिकी सहायक विदेशमन्त्री सिधै काठमाडौँ आउँदै

    अमेरिकी सहायक विदेशमन्त्री सिधै काठमाडौँ आउँदै

    सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

    सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

    एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

    एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

शेख हसिनाविरुद्ध ५ अभियोग, १३४ पृष्ठको आरोपपत्र दायर

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
जेष्ठ २०, २०८२ मा प्रकाशित
✅ अन्तराष्ट्रिय
शेख हसिनाविरुद्ध ५ अभियोग, १३४ पृष्ठको आरोपपत्र दायर
28
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) मा भारत भागेकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध अभियोगपत्र दायर गरेसँगै न्यायिक प्रक्रिया सुरु भएको छ।बीबीसी हिन्दीका अनुसार उनीविरुद्धका आरोप गत वर्ष जुलाईमा आन्दोलनका क्रममा प्रदर्शनकारीहरूविरुद्ध गरिएको क्रूरतासँग सम्बन्धित छन्।

गत वर्ष भएको आन्दोलनको लगभग ८ महिनापछि पहिलोपटक हसिनाविरुद्ध मुद्दाको औपचारिक सुनुवाइको प्रक्रिया सुरु भएको हो। तर औपचारिक आरोप तय भएपछि मात्र यो प्रक्रिया अगाडि बढ्नेछ।आइतबार अभियोजन पक्षले बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा शेख हसिनासहित तीन जनाविरुद्ध आधिकारिक रूपमा पाँचवटा आरोप दायर गरेको छ। यसैका आधारमा न्यायाधिकरणले शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमलविरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ।

याे पनिपढ्नुहाेस्

हर्मुज जलमार्ग खुलेपछि कच्चा तेलको मूल्य घट्यो

अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद

यस मुद्दाका अर्का अभियुक्त पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल मामुनलाई पहिले नै पक्राउ गरिएको छ।बाँकी तीन अभियुक्तलाई जुन १६ मा न्यायाधिकरणमा उपस्थित हुन निर्देशन दिइएको छ।शेख हसिनाविरुद्धको मुद्दा सत्तामा रहँदा उनैले सन् १९७१ मा मानवताविरुद्धको अपराधको मुद्दा चलाउन स्थापना गरिएको न्यायाधिकरणमा चलाइनेछ।मुख्य अभियोजक ताजुल इस्लामले अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा १३४ पृष्ठको आरोपपत्र दायर गरेका छन्।

मे १२ मा अनुसन्धानकर्ताहरूले हसिनाले हत्याको आदेश दिएको भनी प्रतिवेदन पेस गरेका थिए। शेख हसिनाविरुद्ध यसअघि नै आईसीटीमा अन्य दुई मुद्दा परेका छन्। यसमा पहिलो मुद्दा अवामी लिग सरकारको कार्यकालमा विपक्षी व्यक्तित्वहरूलाई जबर्जस्ती बेपत्ता पारिएको र धेरै हत्यासँग सम्बन्धित छन्।
दोस्रो मुद्दा सन् २०१३ मा मोतीझिलको शापला स्क्वायरमा हेफाजत-ए-इस्लामको र्‍यालीका क्रममा भएको हत्यासँग सम्बन्धित छ।

मे १२ मा आईसीटीका प्रमुख अभियोजक ताजुल इस्लामले अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै हसिनाले सबै सुरक्षा बल, आफ्नो पार्टी अवामी लिग र यससम्बद्ध निकायलाई सामूहिक हत्या, आक्रमण र महिला र बालबालिकाविरुद्ध हिंसाका लागि कारबाही गर्न प्रत्यक्ष रूपमा आदेश दिएको दाबी गरेका थिए।
बंगलादेश सरकारले जुलाईमा भएका हत्याका कारण शेख हसिनाको राहदानी पनि रद्द गरेको छ।

यो बंगलादेशको इतिहासमा पहिलोपटक टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको मुद्दा हो।मुख्य अभियोजक ताजुल इस्लामले आरोपपत्र प्रस्तुत गर्दा आफ्नो उद्घाटन मन्तव्यमा भने, ‘यो मुद्दा केवल विगतको बदला मात्र होइन, यो भविष्यका लागि पनि प्रतिज्ञा हो।’

हत्या र षड्यन्त्रका पाँच आरोप

मुख्य अभियोजक ताजुल इस्लामले गत वर्ष जुलाई र अगस्टमा १,४०० जना मारिएको र लगभग २५,००० जना घाइते भएको आरोप लगाएका छन्। अभियोजन पक्षले मृतकहरूको सूची पनि न्यायाधिकरणमा पेस गरेको छ।पूर्वप्रधानमन्त्री शेख हसिनासहित तीन जना अभियुक्तविरुद्ध लगाइएका आरोपको समर्थनमा न्यायाधिकरणमा ७४७ पृष्ठका कागजात पनि दायर गरिएको छ।

विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारका अडिओ, भिडिओ र क्लिपिङ पनि अदालतमा पेस गरिएको छ।यी तीन अभियुक्तविरुद्ध हत्या, हत्या प्रयास, षड्यन्त्र, सहयोग र प्रोत्साहन, उक्साउने भूमिका खेलेको तथा त्यसमा सहभागी भएकोलगायत पाँच अभियोग लगाइएको छ।ताजुल इस्लामले न्यायाधिकरणसमक्ष प्रस्तुत गरेका यी पाँच अभियोगमा १३ जनाको हत्या पनि उल्लेख छ।

आरोपपत्रमा भनिएको छ, ‘आरोपित असदुज्जमान खान कमल र चौधरी अब्दुल्लाह अल मामुललगायत सरकारका शीर्ष अधिकारीहरूको उक्साहट र सहयोगमा कानुन तथा व्यवस्था एजेन्सी र अवामी लिगका सशस्त्र व्यक्तिहरूले योजनाबद्ध रूपमा ठूलो मात्रामा निर्दोष र निहत्था विद्यार्थी र आम जनताविरुद्ध आक्रमण, हत्या, हत्या प्रयास र उत्पीडनमा सहयोग गरे।’

शेख हसिनासहित तीन जनालाई रंगपुरको बेगम रोकेया विश्वविद्यालयका विद्यार्थी अबु सइद र राजधानीको चांखर पुलमा ६ जनाको हत्या गरेको आरोप लगाइएको छ।साथै हिसनाले देश छाड्ने दिन गत वर्ष अगस्ट ५ मा आशुलियामा पाँच जनालाई गोली हानेर मारेको, उनीहरूको शरीर जलाएको र एक जनालाई जिउँदै जलाएको आरोप पनि छ।

मुख्य अभियोजक ताजुल इस्लामले सुरुवाती टिप्पणीमा यो न्यायिक प्रक्रिया विगतको बदला लिन मात्र नभई भविष्यका लागि प्रतिज्ञा पनि भएको दाबी गरे।
उनले भने, ‘हामी एक सभ्य समाज, जहाँ लोकतन्त्र र कानुनको शासन प्रबल हुन्छ, नरसंहार वा मानवताविरुद्धको अपराध सह्य हुँदैन।’उनले थपे, ‘न्याय भएको देशमा कोही पनि कानुनभन्दा माथि हुन सक्दैन।’इस्लामले जुलाई २०२४ को आन्दोलनलाई ‘मनसुन क्रान्ति’ नाम दिए।

हसिनाविरुद्ध मुद्दा सुनुवाइका क्रममा बंगलादेशको मुक्ति संग्रामका बेला मानवताविरुद्धको अपराधमा हसिनाकै शासनकालमा मृत्युदण्डको सजाय सुनाइएका केही शीर्ष जमात-ए-इस्लामी नेताका परिवारका सदस्य पनि न्यायाधिकरणमा उपस्थित थिए।मुख्य अभियोजकको सुरुवाती टिप्पणीका क्रममा जमात नेता मिर कासिम अलीका छोरा मिर अहमद बिन कासिम पनि न्यायाधिकरणमा उपस्थित थिए। मानवताविरुद्धको अपराध गरेको भनी मिर कासिमलाई १९७१ मा फाँसी दिइएको थियो।

अरमान नामका एक अधिवक्ता पनि न्यायाधिकरणमा उपस्थित थिए। शेख हसिना सरकारको कार्यकालमा उनी बेपत्ता भएका थिए। उनलाई अगस्ट २०१६ मा उनको घरबाट उठाइएको थियो।बंगलादेशका पूर्व मन्त्री र जमात-ए-इस्लामीका पूर्व अमिर मोतियुर रहमान निजामीलाई बंगलादेश स्वतन्त्रता युद्धको समयमा अल-बद्रको नेतृत्व गरेको आरोप लगाइएको थियो। पछि उनलाई फाँसी दिइएको थियो। उनका छोरा अधिवक्ता नजिब मोमेन पनि न्यायाधिकरणमा उपस्थित थिए।

साथै अन्य धेरै जना वकिल पनि यस मुद्दाको सुनुवाइ हेर्न न्यायाधिकरण पुगेका थिए। तीमध्ये धेरैजसो जमात-ए-इस्लामी र बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का समर्थक थिए।सरकारी जागिरमा आरक्षणविरुद्ध विद्यार्थीहरूले गरेको आन्दोलनले उग्र रूप लिएपछि १६ वर्षदेखिको सत्ता छाड्दै बंगलादेशबाट भागेकी ७७ वर्षीया हसिना गत वर्ष अगस्ट ५ देखि भारतको शरणमा छिन्।

सम्बन्धित-समाचार

अन्तराष्ट्रिय

हर्मुज जलमार्ग खुलेपछि कच्चा तेलको मूल्य घट्यो

✍ सूचना पाेर्टल
बैशाख ५, २०८३ मा प्रकाशित
0

एजेन्सी । इरानले हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि खुला गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ।अमेरिका–इजरायल र...

अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद
अन्तराष्ट्रिय

अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद

✍ सूचना पाेर्टल
बैशाख २, २०८३ मा प्रकाशित
0

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको नयाँ चरणको वार्ता आगामी दुई दिनभित्रै हुनसक्ने संकेत गरेका छन् । पछिल्लो समय...

आजदेखि होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने अमेरिकाको घोषणा

अमेरिकी सेनाको दाबी: होर्मुज स्ट्रेटमा ३६ घण्टादेखि नाकाबन्दी छ

बैशाख २, २०८३ मा प्रकाशित
आजदेखि होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने अमेरिकाको घोषणा

आजदेखि होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने अमेरिकाको घोषणा

चैत्र ३०, २०८२ मा प्रकाशित
अमेरिका–इरान वार्ता असफल भएपछि पाकिस्तानले भन्यो: मिलाउने प्रयास जारी रहनेछ

अमेरिका–इरान वार्ता असफल भएपछि पाकिस्तानले भन्यो: मिलाउने प्रयास जारी रहनेछ

चैत्र २९, २०८२ मा प्रकाशित
चन्द्रमाको परिक्रमा गरेर ४ अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फर्कियो

चन्द्रमाको परिक्रमा गरेर ४ अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फर्कियो

चैत्र २८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज
समाचार

सर्वोच्चले कांग्रेसको नेतृत्वमा गगन थापालाई वैधता दिनुका तीन कारणहरू

✍ सूचना पाेर्टल
बैशाख ५, २०८३ मा प्रकाशित
0

इटहरी । सर्वोच्च अदालतले तीन आधार देखाउँदै नेपाली कांग्रेसको नेतृत्वमा गगन थापालाई आधिकारिकता दिएको छ। निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षले...

अरु पढ्नुहाेस्...

हर्मुज जलमार्ग खुलेपछि कच्चा तेलको मूल्य घट्यो

बैशाख ५, २०८३ मा प्रकाशित
‘उज्यालो नेपाल’ अभियान लिएर अमेरिका–युरोप भ्रमणमा कुलमान

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै उनेपाले सरकारसँग राख्यो ६ बुँदे माग

बैशाख ५, २०८३ मा प्रकाशित
अमेरिकी सहायक विदेशमन्त्री सिधै काठमाडौँ आउँदै

अमेरिकी सहायक विदेशमन्त्री सिधै काठमाडौँ आउँदै

बैशाख ५, २०८३ मा प्रकाशित
सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

बैशाख ४, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    322 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    81 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    75 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    71 shares
    Share 28 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    74 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष