•  २२ बैशाख २०८१, शनिबार
  •  5:22:07 PM

मनोनयन गर्ने दिनसम्म उम्मेदवारकाे टुंगाे लागेन इलाममा

- बैशाख ११, २०७९ मा प्रकाशित


इलाम: आज र भाेलि स्थानीय तहको निर्वाचनका मनोनयन हुँदैछ । तर, इलाममा दलहरूले अझै उम्मेदवार छनोट गर्न सकेका छैनन् ।

प्रमुख र उपप्रमुखको टुंगाे नलाग्दा जिल्लाबाटै टुंगिने वडाध्यक्ष र सदस्य उम्मेदवारकाे नाम समेत सार्वजनिक गरिएको छैन ।

कतिपय ठाउँमा छनोट भएका उम्मेदवारप्रति कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । एमालेबाट इलाम नगरपालिकाको प्रमुखमा नरेन्द्रनाथ भट्टराईको नाम सार्वजनिक भएपछि नगर कमिटीबाट सामूहिक राजीनामा गरेका छन् ।  पार्टीको कार्यालयमा तालाबन्दी गरिएकाे छ । जनाधार नभकाको व्यक्तिलाई चुनावमा लिएर जान नसकिने भन्दै नगर कमिटीका पदाधिकारी तथा सदस्य र जनवर्गीय संगठनका प्रमुखले राजीनामा गरेका हुन् ।

नगर कमिटीबाट नरेन्द्रनाथ भट्टराईको नाम तेस्रो नम्बरमा सिफारिस भएको थियो । एक नम्बरमा धिरेन चेम्जोङ र दोस्रो नम्बरमा कृष्ण श्रेष्ठको नाम सिफारिस भएको थियो । 

नेपाली कांग्रेसले इलाम नगरपालिका प्रमुखको टुंगाे लगाउन सकेको छैन । दलहरूबीचको भागबन्डामा इलाममा कांग्रेसले प्रमुख र उपप्रमुख दुबै पाउने छ । प्रमुखमा केदार थापा र खगेन्द्र देवानले दाबी गरिरहेका छन् । उपप्रमुखमा विष्णु दाहालको नाम टुंगिएकाे बताइए पनि आधिकारिक रुपमा सार्वजनिक गरिएकाे छैन । 

उम्मेदवार छान्न सकस परेपछि सदरमुकाम रहेको पालिकामा ठूला दलहरूले आज मनोनयन दर्ता गर्ने तयारी समेत गरेका छैनन् ।

एमालेले सूर्योदय, देउमाई नगरपालिका, रोङ र माङसेबुङ्ग गाउँपालिकाका लागि उम्मेदवार सर्वसम्मत सिफारिस भएका छन् ।सूर्योदयको प्रमुखमा काजीमान कागते, उपप्रमुखमा दुर्गादेवी भट्टराई, देउमाईको प्रमुखमा सूर्य पोख्रेल र पविमाया राई, माङसेबुङ गाउँपालिकाको अध्यक्षमा हेमन्त राई र उपाध्यक्षमा सुनिता योङहाङ, रोङको अध्यक्षमा मेहरमान तामाङ र विष्णुमाया भुजेल सर्वसम्मत सिफारिस भएका छन् ।

सर्वसम्मत सिफारिस नभएको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा उदय राई र उपाध्यक्षमा शोभा पराजुलीलाई दोहोर्‍याएर उम्मेदवार बनाउने बुझिएको छ ।

माइजोगमाईको अध्यक्षमा कुशबहादुर थेबे र उपाध्यक्षमा सावित्रा भट्टराईको नाम टुङ्गिएको छ । चुलाचुली गाउँपालिकाको अध्यक्षमा ओमनारायण र उपाध्यक्षमा दिलु लावतीको टिकट पक्का भए पनि एमालेले उम्मेदवार सार्वजनिक गर्न सकेको छैन । -न्युज कारखाना

Comments

सम्बन्धित खवर