•  ८ जेष्ठ २०८१, मंगलवार
  •  4:20:04 PM

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा

- बैशाख १९, २०८१ मा प्रकाशित


इटहरी । सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ । मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका यस अवसरमा नेपालमा विभिन्न मजदुर संघ संगठनहरूले बिभिन्न कार्यक्रम गरी मनाउँदै छन् । यस दिवसको अवसरमा देशैभरी बिभिन्न अन्तरक्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना हुनेछ । विश्वका साथै नेपालमा पनि विविध कार्यक्रम गरी यो श्रमिक दिवस मनाइँदै आइएको छ ।

सन् १८८६ मा अमेरिकाको सिकागो राज्यमा ८ घण्टा काम, आठ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलन भएको थियो । मजदुरहरूले गरेको सो विश्व प्रख्यात आन्दोलन दबाउनका लागि अमेरिकन प्रहरी बम प्रहार गरिएको घटनाको सम्झनामा विश्वभरी मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै आएको छ । सोही आन्दोलनका कारण विश्वभरी मजदुरहरूले आठ घण्टा मात्र काम गर्ने गरी नयाँ व्यवस्था विश्वभर प्रचलनमा आएको हो ।

Comments

सम्बन्धित खवर