•  २२ बैशाख २०८१, शनिबार
  •  9:40:08 PM

जनकपुर उपमहानगरपालिका जसपाकाे भागमा परेपछि कांग्रेसमा असन्तुष्टि

- बैशाख १०, २०७९ मा प्रकाशित


काठमाडौं: पाँच दलीय गठबन्धनबीच तालमेलकाे क्रममा भागबण्डा गर्दा जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा)लाई परेपछि कांग्रेसमा असन्तुष्टि बढेकाे छ ।

असन्तुष्टमध्येका जनकपुर उपमहानगरपालिका कांग्रेस सभापति मनाेजकुमार साहले पदबाट राजीनामा दिएका छन् ।

उनले उपमहानगरपालिकाकाे प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घाेषणा पनि गरे । उनले न्युज कारखानासँग भने , `पार्टीले गठबन्धनका दलहरूबीच तालमेलकाे नाममा भागबण्डा गर्दा जसपालाई मेयर दिनेगरि जुन निर्णय गर्याे सरासर गलत छ । र, पार्टी नेतृत्वलाई बारम्बार ध्यानाकर्षण गराउँदा सम्बाेधन नभएपछि पार्टी जिल्लाकाे निर्णयअनुसार स्वतन्त्र उम्मेदवार बन्ने घाेषणा गरेकाे हुँ ।´

पार्टीको गलत निर्णयलाई समर्थन गर्न नसक्ने भएरै पदबाट राजीनामा दिएकाे स्पष्ट पारे । उनले ३० वैशाखमा हुने निर्वाचनबाट विजयी  हुने दाबी पनि गरे । -न्युज कारखाना

Comments

सम्बन्धित खवर