राजीनामापछि जनप्रतिनिधिले फिर्ता गरे सवारी सुविधा
- बैशाख १०, २०७९ मा प्रकाशित
सिरहा: ३० वैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनमा भाग लिन सिरहाका जनप्रतिनिधिहरूले राजीनामासहित अाफूले प्रयोग गर्दै आएको सवारी साधन तथा सामग्री बुझाउन थालेका छन् । निर्वाचन कार्यतालिका अनुसार ११ र १२ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकाले जनप्रतिनिधिले एकदिन अगाडि आफूले प्रयोग गर्दै आएको सामाग्री बुझाउन थालेका हुन् ।
सिरहाको विष्णुपुर गाउँ पालिकाका अध्यक्ष जागेश्वर यादवले आफूले प्रयोग गर्दै आएको सरकारी सवारी साधन, मोवाईललगायतका सामाग्री जिन्सी शाखालाई बुझाएका छन् । पालिका अध्यक्ष यादवसँगै सवै वडा अध्यक्षहरुले प्रयोग गर्दै आएको मोटरसाईकल र मोवाईल बुझाएका छन् । त्यसैगरी सिरहा नगरपालिकाका मेयर असेश्वर यादवले पनि आफूले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबी प्रशासकीय अधिकृत बलिराम यादवलाई बुझाएका छन् ।
उनीहरु दुवै जना जनता समाजबादी पार्टीबाट २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए । दुवै जना पुनः मेयर पदका प्रत्यासी हुन्। -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments