भारतमा फेरि बढे कोभिड संक्रमित, पछिल्लो २४ घन्टामा २१४ जनाको मृत्यु
- बैशाख ५, २०७९ मा प्रकाशित
नयाँ दिल्ली: भारतमा कोभिड संक्रमित फेरि बढेका छन् । दैनिक संक्रमितको संख्यामा निरन्तर गिरावट आएको भारतमा पछिल्लाे एक सातामा संक्रमण दर बढ्को हो । पछिल्लो २४ घन्टामा २ हजार १ सय ८३ जना नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनमा ८९दशमलब ८ प्रतिशतले बढी हो । आईतबार १ हजार १ सय ५० जनामा संक्रमण देखिएको थियो ।
पछिल्लो २४ घन्टामा कोभिडका कारण २१४ जनाको मृत्यु भएको छ । दैनिक संक्रमण दर शून्य दशमलब ३१ बाट बढेर शून्य दशमलब ३ प्रतिशत पुगेको छ । सक्रिय संक्रमितको संख्यामा भने थोरै मात्र गिरावट आएको छ । सक्रिय संक्रमितको संख्या ११ हजार ५५८ बाट घटेर ११ हजार ५४२ पुगेको छ ।
दिल्ली र छेउछाउका शहर गाजियाबाद र नोयडाका धेरै विद्यार्थीहरूले पछिल्ला केही सातामा कोभिड पोजेटिभ देखिएको छ । विद्यार्थीमा कोभिड देखिएपछि केही विद्यालय बन्द गरिएका छन् । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
-
ताजा बैशाख ३१, २०८१कलाकार उज्वल केसीको निधन
-
ताजा बैशाख ३१, २०८१कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै : कांग्रेसले गर्याे बहिष्कार : नेकपा एसले मत नदिने
Comments