•  १२ श्रावण २०८१, शनिबार
  •  7:44:03 PM

खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

- बैशाख ३१, २०८१ मा प्रकाशित



डडेल्धुरा । डडेल्धुरामा खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको ज्यान गएको छ । आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका–२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाउँकै तल रहेको खोलामा नुहाउने क्रममा दुवै जना डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी दीपक पाठकले जानकारी दिए । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डडेल्धुरामा राखिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको पनि डिएसपी पाठकले जानकारी दिए ।

Comments

सम्बन्धित खवर