![](https://suchanaportal.com/wp-content/uploads/2019/05/1140x100.jpg)
इटहरीको सुष्मा कलेजले जेष्ठ् ३ र ४ गते “AI Boot Camp” आयोजना गर्ने
- बैशाख ३०, २०८१ मा प्रकाशित
![](https://suchanaportal.com/wp-content/uploads/2024/05/maya.jpg)
इटहरी ।कम्प्युटरको दुनियाँमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई नेपालीमा ‘कृत्रिम बुद्धि’ भनिन्छ । एआईको उदय प्रविधिको क्षेत्रमा यस्तो चमत्कार हो, जसले मानव जीवनको हरेक पक्षमा आश्चर्यजनक प्रभाव पारेको देखिन्छ ।
मेसिनले आफैँ काम गर्ने कुरा अब विज्ञान कथामा मात्र सीमित नरहेको जस्ता महत्वपुर्ण सामग्री सहित सुनसरीको इटहरीस्थित सुष्मा गाेदावारी कलेजले आगामी ज्येष्ठ ३ र ४ गते “AI Boot Camp” को आयोजना गर्ने भएको छ ।
बढदाे सूचना प्रविधिको विकास सँगै त्यसको सदुपयोगबाट मानव जीवनले लिन सक्ने लाभको विषयमा जानकारी मूलक कार्यक्रम सहित पछिल्लो समय प्रविधिको विकास हुने क्रममा छोटो समयमै लोकप्रियता हासिल गरेको कृत्रिम बुद्धिमता ( Artifical intelligence) को बारेमा जानेका कुराहरूलाई ज्ञान मार्फत बाँड्न २ दिने क्यामपकाे आयोजना गरिएको कलेजले जनाएको छ ।
कृत्रिम बुद्धिमता ( Artifical intelligence) को सकारात्मक पक्षलाई जोडेर यसको महत्त्व र शिक्षाक्षेत्रलाइ प्रविधियुक्त बनाउन काेशी प्रदेशमै पहिलो पटक २ दिने “AI Boot Camp” को आयोजना गर्न लागिएको कलेजले जनाएको छ ।
एआईले मानव समाजमा सकारात्मक र नकारात्मक दुवै किसिमले अभूतपूर्व रूपान्तरण ल्याउन सक्ने र मानव जीवन साथै काम गर्ने तरिकामा परिवर्तन ल्याउन सक्ने कलेजले जनाएको छ । एआईलाई शिक्षासँग मात्र नभई स्वास्थ्य, यातायात, विज्ञान, कला, मनोरञ्जनलगायत हरेक क्षेत्रमा पनि जोडन सकिने जस्ता उपयोगी ज्ञान सहितको दुई दिने क्याम्प आयोजना गर्न लागिएको कलेजले जनाएको छ ।
![](https://suchanaportal.com/wp-content/uploads/2019/05/1140x100.jpg)
सम्बन्धित खवर
-
ताजा श्रावण १२, २०८१भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त
-
ताजा श्रावण १२, २०८१बर्दिबास नगरपालिकाले सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने
-
ताजा श्रावण १२, २०८१पेरिस ओलम्पिक भव्य उद्घाटन
-
ताजा श्रावण १२, २०८१राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस
-
ताजा श्रावण १२, २०८१चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?
Comments