•  २ जेष्ठ २०८१, बुधबार
  •  9:22:16 PM

बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाइँदै

- बैशाख ५, २०७९ मा प्रकाशित


काठमाडौं: सरकारले दुई दिन बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाउने भएकाे छ । मंगलबार र बुधबार देशव्यापी रूपमा राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन हुन लागेकाे हाे ।

६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई ‘भिटामिन ए’ र १२ देखि ५९ महिना उमेरसमूहका बालबालिकालाई ‘भिटामिन ए’ साथै जुकाको औषधिसमेत खुवाइन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

६ र ७ वैशाखमा देशव्यापी रूपमा सञ्चालन हुने अभियानमा सो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा गई ‘भिटामिन ए’ र जुकाको औषधी खुवाउन मन्त्रालयले अनुरोध गरेको छ । 

कोरोना महामारीका कारण वितरण केन्द्रमा जाँदा कोभिड-१९ विरुद्धका सबै जनस्वास्थ्य मादपण्डको पूर्ण पालना गर्न र गराउनसमेत सबैमा अनुरोध गरेको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर