•  २० बैशाख २०८१, बिहीबार
  •  4:23:19 PM

नेपाल फुटवल प्रशिक्षक संघकाे उपाध्यक्षमा इटहरीका सुरेन्द्र तामाङ निर्विराेध निर्वाचित :राजेन्द्रकाे नेतृत्वमा बन्याे नयाँ समिती

- बैशाख ३, २०७९ मा प्रकाशित


इटहरी । चितवनकाे साैराहामा शनिबार सम्पन्न नेपाल फुटवल प्रशिक्षक संघकाे निर्वाचनमा इटहरी निवासि पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ उपाध्यक्षमा निर्विराेध निर्वाचित भएका छन । संघकाे निर्वाचन अवधिभर आएका पदाधिकारीकारीहरूकाे नामावली उपर कुनै दाबि बिराेध नपरेकाेले अध्यक्ष देखि सदस्य सम्म सबै निर्विराेध चयन गरिएकाे हाे ।

याे संगै नेपाल फुटवल प्रशिक्षक संघले राजन्द्र तामाङकाे अध्यक्षतामा १५ जना सदस्य रहने गरी पदाधिकारी चयन गरेकाे छ । संघले तिन जनालाइ उपाध्यक्ष सहित अन्यलाइ सदस्यमा चयन गरेकाे छ जसमा यम प्रशाद गुरूङ ,इटहरी निवासी तथा पुर्व राष्ट्रिय फुटवल खेलाडी सुरेन्द्र तामाङ र समिर नेम्कुल रहेका भने बाकिका सबै सदस्यहरू रहेका छन ।

निर्विराेध चयन भएका सदस्यहरूमा अर्जुन चाैधरी , मनाेजित पुन , सनाेन श्रेष्ठ ,विनम श्रेष्ठ, रामचन्द्र थापा , बिजय श्रेष्ठ , धनेस्वर प्रजापति , सराेज श्रेष्ठ,बिनाेद महर्जन , अनिल तामाङ र महिला सदस्य भगवति रानामगर रहेका छन । निर्वाचनका लागि बिहान ९ बजे देखि नै उम्मेद्वारहरूकाे मनाेनयन दर्ता गरिएकाे थियाे । निर्वाचनलाइ शान्त वातावरणमा सम्पन्न गराउन अधिवक्ता चुडामणी सापकाेटाकाे संयाेजकत्वमा सह संयाेजक राजकुमार गुरूङ , र सदस्य मनाेज कुमार श्रेष्ठ रहने गरी निर्वाचन समिति परिचालन गरिएकाे थियाे ।

Comments

सम्बन्धित खवर