•  २० बैशाख २०८१, बिहीबार
  •  4:18:52 PM

म्यानचेस्टर सिटी सेमिफाइनलमा

- बैशाख १, २०७९ मा प्रकाशित


काठमाडौं: दस खेलाडीमा सीमित  एट्लेटिको मड्रिडसंग युइएफए च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगमा बुधबार राति  गोलरहित बराबरी खेल्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । 

समग्रमा इंग्लिस क्लब  सिटीले स्पेनिस क्लब मड्रिडलाई १-० अन्तरले पराजित गर्यो । दोस्रो लेगमा एट्लेटिको १० खेलाडीमा सीमित भएको थियो । 

घरेलु मैदानमा बनाएका केही अवसर सदुपयोग गर्न नसक्दा एट्लेटिको सेमिफाइनल पुग्न सफल भयो । बुधबार नै भएको खेलमा लिभरपुल र बेन्फिकाले ३-३ गोलको बराबरी खेलेपनी समग्रमा ६-४ले विजयी हुँदै सेमिफाइनलको टिकट काट्यो ।

 फाइनल प्रवेशका लागि सिटीले अर्को स्पेनिस क्लब रियल मड्रिडसंग खेल्नेछ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर