•  २६ बैशाख २०८१, बुधबार
  •  6:58:12 AM

बेहुली झै चिटिक्क सिंगारिदै इटहरीकाे पर्यटकिय क्षेत्र तालतलैया

- चैत्र २६, २०७८ मा प्रकाशित


इटहरी । सुनसरीकाे इटहरीस्थित पर्यटकिय क्षेत्र तालतलैया अन्तरगत प्राकृितिक तालकाे सरसफाइ गरिएकाे छ । गर्मी माैसम सुरू भएसंगै बर्खाकाे बेला तालमा जलकुम्भि भरिदा वरपरकाे वातावरणमा नकरात्मक असर पर्ने र तालकाे सुन्दरता नै ढाकिने भएकाेले यसकाे सरसफाइ गरिएकाे हाे ।

करीब ५ हेक्टर जमिनमा फैलिएकाे उक्त तालमा भरिएका जलकुम्भीहरू नेपाली सेना , सशस्त्र प्रहरी वल लगायत स्थानीयहरूकाे सहयाेगमा सरसफाइ गरिएकाे हाे । चारैतिरबाट जंगलले घेरेकाे हरियाली वातावरण बिच उत्पन्न प्राकृितिक तालकै दृस्य अवलाेकन गर्न साे क्षेत्रमा आन्तरीक तथा बाहिय पर्यटकहरूकाे घुइचाे लाग्ने गरेकाे पाइन्छ ।

ताल क्षेत्रमा रहेका जलकुम्भि हटाएपछि त्यहा ६ जना देखि १० जना सम्म अटाउन सकिने माेटरबाेट सञ्चालन गरिने तालतलैया संरक्षण समितीका अध्यक्ष लक्ष्मी प्रशाद खनालले बताए । बिगत तिन वर्ष उता काेराेना संक्रमणका कारण आन्तरिक पर्यटकहरूकाे आगमन ठप्प बनेकाे तालतलैयामा काेराेना संक्रमणकाे दर न्युन बनेसंगै पर्यटकहरूकाे पनि चहल पहल बढन थालेकाे पाइन्छ ।

साे क्षेत्रमा पछिल्लाे समय साना तथा ठुला आकारका पाेखरी , चिल्ड्रेन पार्क , चिडिया घर ,र बिभिन्न आकृति खाेपिएका ढुंगाका मुर्तिहरू पर्यटकहरूकाे लागि अाकर्षक बन्दै गएकाे पाइन्छ ।

Comments

सम्बन्धित खवर