•  २२ बैशाख २०८१, शनिबार
  •  10:56:33 PM

प्रभातफेरि आयोजना गरी इटहरीमा पनि मनाइयो पत्रकार महासंघ स्थापना दिवस (भिडियोसहित)

- चैत्र १६, २०७८ मा प्रकाशित


इटहरीः नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवस इटहरीमा पनि प्रभातफेरि आयोजना गरी मनाइएको छ ।

दिवसका अवसरमा बुधबार (आज) बिहान नेपाल पत्रकार महासंघ सुनसरीले आयोजना गरेको प्रभातफेरि नगरपरिक्रमा गरी सम्पन्न भएको थियो ।
नगरपरिक्रमापछि कार्यक्रममा बोल्दै पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्ष तथा अग्रज पत्रकार हर्ष सुब्बाले सुनसरी पत्रकार महासंघको लागि ऐतिहासिक जिल्ला रहेको बताए ।

उनले सुनसरी पत्रकारिता क्षेत्रको ऐतिहासिक जिल्ला रहेकाले यहाँका पत्रकारको प्रेस स्वतन्त्रता तथा हकहितमा महासंघले काम गर्नुपर्ने सुझाव दिए ।

यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले विभिन्न बहानामा मिडिया हाउसले अहिलेपनि पत्रकारलाई बेतलबी बिदामा राख्ने, पारिश्रमिक नदिने जस्ता काम गरेकाले श्रमजीवी पत्रकारको हितमा महासंघले काम गरिरहेको बताए ।

अघिल्ला वर्षभन्दा पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटना भइरहेकाले पत्रकार आफैँले पनि सचेत हुनुपर्ने उनले बताए ।

पत्रकार महासंघ प्रदेश १ का सचिव देबेन्द्र कार्कीले पत्रकारिता क्षेत्रको ऐतिहासिक जिल्ला सुनसरी रहेकाले आफूहरू गौरवान्वित भएको बताए ।

उनले देशका ठूला राजनीतिक परिवर्तनमा पनि पत्रकारिता जगत्को भूमिका अपरिहार्य रहेको बताए ।

कार्यक्रममा महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले आफूहरू जिल्लाका पत्रकारहरूको हितमा काम गरिरहेको बताए ।

जिल्लामा हाल २६२ जना क्रियाशिल रहेकाले उनीहरूको पक्षमा महासंघले काम गर्दै आएको उनको भनाइ छ । यस्तै, हाल महासंघको भवन इटहरीमा पनि बन्ने क्रममा रहेको उनले बताए ।

https://www.facebook.com/messenger_media/?thread_id=100036255283371&attachment_id=512268837235444&message_id=mid.%24cAAAADWAxu0aGClmiE1_2RO3KIYuo

https://www.facebook.com/messenger_media/?thread_id=100036255283371&attachment_id=1176996469771991&message_id=mid.%24cAAAADWAxu0aGClm86l_2RO3cQH4S

https://www.facebook.com/messenger_media/?thread_id=100036255283371&attachment_id=544218130358557&message_id=mid.%24cAAAADWAxu0aGClnOVV_2RO3qNdAX

Comments

सम्बन्धित खवर