•  २२ बैशाख २०८१, शनिबार
  •  6:44:37 PM

बिम्सटेकलाई भर्चुअल सम्बाेधन गर्दै प्रधानमन्त्री देउवा

- चैत्र १६, २०७८ मा प्रकाशित


काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक)को सम्मेलनमा आज बुधबार सम्बाेधन गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान ९ बजे भर्चुअल रूपमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिम्सटेक आजबाट सुरु हुँदैछ । परराष्ट्रमन्त्री नारायण खड्का यसअघि नै श्रीलंका पुगेका थिए । उनले मंगलबार मात्र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

बिम्सटेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन् । सम्मेलनको अध्यक्षता श्रीलंकाले गर्नेछ । बिम्सटेकको पछिल्लो सम्मेलन सन २०१८ मा नेपालमा सम्पन्न भएको थियो । -न्युज कारखाना

Comments

सम्बन्धित खवर