•  २२ बैशाख २०८१, शनिबार
  •  8:40:21 PM

झापामा ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

- चैत्र १५, २०७८ मा प्रकाशित


काठमाडौं: झापाको बुद्धशान्ति गाँउपालिका–१ पुलचोकमा सोेमबार साँझ ट्रकमा ठोक्किएर मोटरसाईकल पल्टिदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाईकल चालक बुद्धशान्ति गाँउपालिका–४ का २५ वर्षीय अन्जन फागो रहेका छन् । 

दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा  बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा गएराती सवा ९ बजे  मृत्यु भएको प्रहरीले जनाएको छ । 

हिजो साँझ पौने ६ बजे फागोले चलाएको नम्बर नखुलेको मोटरसाईकल ना ३ ख ५४ ६२ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई पल्टिएको थियो । 

दुर्घटना पश्चात ट्रक चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बुधबारेले जानकारी दिएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर