•  २७ बैशाख २०८१, बिहीबार
  •  6:50:45 AM

बहुबिवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

- चैत्र १५, २०७८ मा प्रकाशित


झापा: बहुबिवाह मुद्दाका फरार दुई जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा दमक नगरपालिका–४ बस्ने हल्दीबारी गाउँपालिका–३ घर भएका ३२ वर्षीय सन्तोष नेपाली र सोही ठाउँ बस्ने २५ वर्षीया गंगा माया नेपाली रहेका छन् । 

पक्राउमध्ये सन्तोष नेपालीलाई जिल्ला अदालत झापाले २०६८ बैशाख १४ बहुबिबाह मुद्दामा २ वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना फैसला सुनाएको थियो । 

अदालतले गंगा माया नेपालीलाई १ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर गरेको थियो । 

उनीहरूलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको प्रहरीले जनाएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर