•  १ जेष्ठ २०८१, मंगलवार
  •  7:52:19 AM

चीनको सबैभन्दा ठूलो सहर सांघाइमा चरणबद्ध लकडाउन गरिने

- चैत्र १४, २०७८ मा प्रकाशित


बेइजिङ: चीनको सबैभन्दा ठूलो सहर सांघाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न  चरणबद्ध लकडाउन गर्ने भएको छ ।
 सोमबारदेखि सुरु हुने परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा लकडाउन गर्ने भएको हो ।

त्यस्तै, पश्चिमी भागमा  १ अप्रिलदेखि लकडाउन हुनेछ । २ करोड ५० लाख जनसंख्या भएको महानगर पछिल्ला दिनमा राष्ट्रव्यापी प्रकोपको प्रमुख हटस्पट बनेको छ । 

चीनमा आइतबार एकै दिन कोभिडका ४ हजार ५ सय संक्रमित देखिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा १ हजार कमी हो । 

संक्रमण बढेसँगै विभिन्न सहरमा लागू भएका लकडाउनले लाखौँ मानिस प्रभावित भएका छन् ।

Comments

सम्बन्धित खवर