बेंगलोरमाथि पञ्जावकाे सानदार जित
- चैत्र १४, २०७८ मा प्रकाशित
काठमाडौं: पञ्जाव किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ मा विजयी सुरुआत गरेको छ ।
२०६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
पञ्जाव को जितमा विकेटकिपर भानुका राजपक्षेले आक्रमक ब्याटिङ गर्दै ४३ रनको इनिङ खेले । ओडेन स्मिथ २५, शाहरुख खान २४ रनको योगदान गरे ।
बेंगलोरका मोहम्मद शिराजले २ विकेट लिए । अक्षदीप, वानिन्दु हसरंगा र हर्षल पटेलले १–१ विकेट लिए ।
यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०५ रन बनायो ।
बेंगलरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ८८ रन बनाए । दीनेश कार्तिक ३२ रनमा अविजित रहे । यस्तै, विराट कोहलीले ४१ रन बनाए । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments