•  ३० बैशाख २०८१, आईतवार
  •  1:43:25 PM

थाई शीर्ष डिभिजन चोनबुरीको सामना गर्दै नेपाल

- चैत्र १३, २०७८ मा प्रकाशित


काठमाडौं: मैत्रीपूर्ण फुटबलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबार थाइल्यान्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसको सामना गर्दैछ । 

खेल चोेनबुरीको घरेलु मैदानमा नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ । नेपाल थाई क्लबविरुद्ध जित निकाल्दै भ्रमण सुखद् बनाउन चाहन्छ । 

थाई लिगमा २६ खेल खेल्दा चोनबुरी ४० अंकसहित पाँचौं स्थानमा छ । उसले ११ खेलमा जित निकाल्दा सात खेल बराबरी गरेकाे छ भने आठ खेलमा हार बेहोरेको छ । 

यसअघि नेपाल थाइल्यान्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २-० अन्तरले पराजित भएको थियो । नेपाल एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलको तयारी लागि थाइल्यान्ड भ्रमणमा निस्किएको हो । छनोटको समूह ए मा रहेको नेपालले कुवते, इन्डोनेसिया र जोर्डनको सामना गर्नेछ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर