•  ३१ बैशाख २०८१, सोमबार
  •  3:39:47 AM

चौदण्डीगढीमा सुत्केरी आमालाई पोषणयुक्त खाद्यान्न वितरण

- चैत्र १०, २०७८ मा प्रकाशित


उदयपुर: उदयपुरको चौदण्डीगढी नगरपालिकाले जनतासँग उपमेयर कार्यक्रम अन्तर्गत सुत्केरी आमालाई घरघरमा पोषणयुक्त खाद्यान्न तथा घ्यू वितरण थालेकाे छ । 

जनतासँग उपमेयर कार्यक्रम अन्तर्गत सुत्केरी महिलालाई चौदण्डीगढी नगरपालिकाकी उपमेयर रिताकुमारी चौधरीले खाद्यान्न वितरण गरेकी हुन् ।  हरेक वर्षको असार महिनादेखि यता सुत्केरी आमालाई १० केजी चामल, १ केजी दाल, १ केजी घ्यू, १ लिटर तेल, एक पोका नुन, १०० ग्राम ज्वानो, १०० ग्राम मेथी लगायतका खाद्यान्न वितरण गर्ने गरिएको नगर उपप्रमुख चौधरीले जानकारी दिइन् ।

बुधबरबाट उपमेयर चौधरीले नगरको वडा नं १० मा ६० जना, वडा नं ९ मा ५० जना र वडा नं ५ मा ८० जना सुत्केरी आमाहरुलाई पोषणयुक्त खाद्यान्न वितरण गरेकी छन् । अन्य वडामा क्रमश: बितरण गर्दै लैजाने योजना रहेको बताइन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर