•  १ जेष्ठ २०८१, मंगलवार
  •  10:14:07 AM

४५ लाख जनसंख्या भएको सहरमा तीन दिन लकडाउन

- चैत्र ८, २०७८ मा प्रकाशित


बेइजिङ: चीनले देशको उत्तरपूर्वमा लाखौँ मानिसहरुलाई घरमै बस्न आदेश दिएको छ । कोभिड–१९ का घटनामा फेरि बृद्धिसँगै सरकारले सर्वसाधारणलाई यस्तो आदेश दिएको हो ।

लक्षित क्षेत्रमा तालाबन्दी, सामूहिक परीक्षण र यात्रा प्रतिबन्ध जस्ता तरिका अप्नाएर सन् २०२० को सुरुमा चीन सरकारले कोभिडलाई नियन्त्रणमा राख्न सफल भएको थियो । तर, पछिल्लो समयमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रेनका कारण संक्रमण फैलिएको छ ।

जिलिन प्रान्तको दोस्रो ठूलो सहर जिलिनमा सोमबार रातिदेखि तीन दिन लकडाउन घोषणा गरिएको छ । जिलिनमा ४५ लाख मानिस बसोबास गर्छन् ।

पछिल्लो २४ घन्टामा चीनमा  ४ हजार भन्दाबढी कोभिडका नयाँ संक्रमित भेटिएका थिए । -एजेन्सी

Comments

सम्बन्धित खवर