सिटी, लिभरपुल र क्रिस्टल प्यालेस सेमिफाइनलमा
- चैत्र ७, २०७८ मा प्रकाशित
काठमाडौं: इंग्लिस प्रिमियर लिगका महारथी क्लबहरु म्यानचेस्टर सिटी, लिभरपुल र क्रिस्टल प्यालेस एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आइतबार राति भएको खेलमा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले साउथह्याम्टनमाथि उसकै मैदानमा ४–१ को सानदार जित निकाल्यो ।
सिटीको फराकिलो जितमा रहिम स्टर्लिङ, केभिन डि ब्रुएन, फिल फोडेन र रियाद महारेजले गोल गरे । सिटीका रक्षक एमरिक लापोर्टाले आत्माघाती गोल गरेका थिए ।
अर्काे खेलमा लिभरपुलले नथिङघम फरेस्टलाई १–० ले पराजित गर्याे । लिभरपुलको जितमा डिएगो जोटाले ७८औं मिनेटमा निर्णायक गोल गरे ।
अर्काे खेलमा क्रिस्टल प्यालेसले एभर्टनमाथि ४-० अन्तरको सहज जित निकाल्यो ।प्यालेसको जितमा मार्क गुही, जिन फिलिप माटेटा, वेलफ्रेड जाहा र विल ह्युगले गोल गरे ।
योसँगै एफए कपको सेमिफाइनलको समिकरण पुरा भएको छ । सेमिफाइनलमा चेल्सी र क्रिस्टल प्यालेस तथा सिटी र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments