•  १९ बैशाख २०८१, बुधबार
  •  6:28:13 PM

६ वटा सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार

- चैत्र ७, २०७८ मा प्रकाशित


खोटाङ: डढेलोको जोखिम बढ्दै गएपछि डिभिजन वन कार्यालय खोटाङले ६ वटा सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार प्रदान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ६ वटा सामुदायी वन आवद्ध अग्नि नियन्त्रण सञ्जाललाई आगो नियन्त्रण गर्ने औजार प्रदान गरेको हो । 

    स्थानीय देउले सामुदायिक वन, चालिसे सामुदायीक वन, ओरआँप सामुदायिक वन, देविस्थान सामुदायिक वन, चन्द्रमान सामुदायिक वन र भालासिरवानी सामुदायिक वनलाई डढेलो नियन्त्रणको प्रयोजनका लागि १० थान फायर स्वाटर, १० थान रेक, ५ थान रेक हु ५ थान, ५ थान बेल्चा, १० थान माक्स, १० थान पञ्जा र ५ थान हेल्मेट र १ थान पानीको व्याग प्रदान गरेको हो । -न्युज कारखाना

Comments

सम्बन्धित खवर