•  २७ बैशाख २०८१, बिहीबार
  •  7:47:21 AM

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

- चैत्र ६, २०७८ मा प्रकाशित


इटहरीः १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले मुख तथा दाँतसम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल डेन्टल एसोसियसन मोरङ शाखाको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । आज बिहान ११ बजेदेखि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा सञ्चालित एक दिने स्वास्थ्य शिविरमा ११६ जना प्रहरी कर्मचारीहरु लाभान्वित भएका छन् ।

शिविरमा उपस्थित प्रहरी कर्मचारीहरुलाई मुख तथा दाँतलाई कसरी स्वस्थ्य राख्ने भन्ने सम्बन्धमा डा.मिरा आचार्यले जानकारी गराएकी थिइन् ।

Comments

सम्बन्धित खवर