•  २६ बैशाख २०८१, बुधबार
  •  10:45:05 AM

३०० स्टाफ नर्सका लागि दरखास्त आह्वान, खुलामै १६५ सिट

- चैत्र २, २०७८ मा प्रकाशित


काठमाडौं: लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ्र तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ ।

खुलामा १६५ जनाको सिट छ । त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगमा सात र पिछडिएका क्षेत्रमा पाँच सिट कायम गरिएको छ । 

आवेदकले २२ चैतभित्र नियमित र २९ चैतभित्र दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् । १८ वर्ष पूरा भई ४५ ननाघेकाले आवेदन दिन पाउनेछन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर