युद्धविरोधी प्लेकार्ड देखाउने टेलिभिजन सम्पादकलाई २८० डलर जरिमाना
- चैत्र २, २०७८ मा प्रकाशित
किभ: युक्रेनमा राष्ट्रपति पुटिनको सैन्य कारबाहीको विरोध गर्ने रुसी टिभी सम्पादकलाई अदालतले २८० डलर जरिमाना सुनाएको छ । टेलिभिजन सम्पादक म्यारिना ओभस्याननिकोभाले टेलिभिजनमा समाचार प्रसारण भइरहेका बेला समाचार बाचिकाको पछाडि उभिएर ‘युद्ध होइन’ लेखिएको प्लेकार्ड देखाएकी थिइन् ।
सो समाचार क्लिप विश्वभर भाइरल भएको थियो । युक्रेनी मूलकी उनले बोकेको प्लेकार्डमा लेखिएको थियो, ‘युद्ध होइन । युद्ध रोक । प्रोपोगान्डामा विश्वास नगर । तपाईलाई उनीहरुले यहाँ ढाँटेका छन् ।’
ओभस्याननिकोभाले अदालतसामू आफू दोषी नभएको बताइन । उनले अदालतअगाडि भनिन्, ‘म अझै पनि विश्वस्त छु की रुसले अपराध गरिरहेको छ ।’ रुसी अधिकारीहरुले आफूलाई १४ घन्टासम्म सोधपुछ गरेको उनले बताइन् । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
Comments