•  १९ बैशाख २०८१, बुधबार
  •  10:10:49 PM

युक्रेनले नेटोमा सामेल नहुने स्वीकार्नुपर्छः जेलेन्स्की

- चैत्र २, २०७८ मा प्रकाशित


किभ: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देश उत्तर एटलान्टिक सन्धी संगठन नेटोमा सामेल नहुने स्वीकार्नु पर्ने बताएका छन् । रुसीले युक्रेनमाथिको हमला थप तीव्र पारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीको भनाई आएको हो । युक्रेनमाथि रुसी हमलाको एउटा कारण युक्रेन नेटोको सदस्यता बन्ने चाहना देखाउनु पनि हो ।

‘यो प्रष्ट छ की युक्रेन नेटोको सदस्य होइन । यसलाई हामीले बुझ्नुपर्छ । हामी पर्याप्त मानिसहरु हौँ,’ सैन्य अधिकारीहरुसँगै बसेर एउटा भिडियो सम्मेलनमा उनले भने, ‘हामीले वर्षैदेखि सुनेका छौं की ढोकाहरु खुला थिए । हामीले यो पनि सुन्यौ की हामी नेटोमा आबद्ध हुन सक्छौं । यो सत्य हो र यसलाई पहिचान गर्नुपर्छ । ’

आफ्नो देशले ‘नेटोको ढोका’ बन्द भएको स्वीकार गर्नुपर्ने उनले बताए । -एजेन्सी

Comments

सम्बन्धित खवर