•  १ जेष्ठ २०८१, मंगलवार
  •  12:34:54 AM

आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा

- फाल्गुन १९, २०७८ मा प्रकाशित


काठमाडौं: आज शेर्पा समुदायकाे पर्व, ग्याल्पाे ल्हाेसार ।  सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएकाे छ ।

१६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको हाे । सरकारी कार्यालयदेखि संघसंस्थाका सेवा आज बन्द रहनेछन् ।       ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर