•  २७ बैशाख २०८१, बिहीबार
  •  7:48:47 AM

सुन ताेलामा पाँच सयले घट्याे

- फाल्गुन ११, २०७८ मा प्रकाशित


काठमाडौँ: नेपाली बजारमा बुधबार सुनकाे भाउ घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, बुधबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । मंगलबार एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय २० रुपैयाँ कायम भएकाे महासंघले जनाएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर