•  २६ बैशाख २०८१, बुधबार
  •  1:55:40 AM

सुनकाे मूल्य ताेलामा ४०० रुपैयाँले घट्यो

- फाल्गुन ९, २०७८ मा प्रकाशित


काठमाडौँ: सुनको भाउ सोमबार  प्रतितोलामा ४०० रुपैयाँको दरले घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ ।  आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैँयामा  कारोबार भएको थियो ।

यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ  । आइतबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ निर्धारण भएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर