•  १ जेष्ठ २०८१, मंगलवार
  •  5:44:45 PM

माया घर नेपाललाई अमेरिकाबाट आर्थिक सयहोग

- फाल्गुन ७, २०७८ मा प्रकाशित


इटहरी ०७ फागुन । हिंसा पिडित तथा असहायहलाई आश्रय दिदै आएको इटहरी २ स्थित माया घर नेपाललाई अमेरिकामा बसोबास गर्दै आएका नेपालीबाट आर्थिक सहयोग गरेका छन् ।
अमेरिकामा बसोबास गर्दै आउनु भएका भीम दुलाल, हरि सुवेदी र वरुण गौतमले माया घर नेपालको लागि नगद ४० हजार रुपैयाँ सहयोग गर्नु भएको हो । उहाँहरुले सञ्चालन गर्दै आएको अन्नपुर्ण फूड एण्ड ग्रोसरी, फूड मार्ट सेल ग्याँस स्टेसन र नर्थवेण्ड एक्सप्रेस ग्याँस स्टेशनको तर्फबाट माया घर नेपाललाई सो सहयोग गरेका हुन् । सिनसिनाटी ओहियोस्थित अमेरिकाबाट हरि सुवेदीको संयोजनमा माया घर नेपाललाई नगद प्रदान गरेका हुन् । व्यवसायबाट आएको केही रकम विपन्नलाई सहयोग गर्ने उदेश्य सहित व्यवसाय सञ्चालन गर्दै आएको सञ्चालकहरुले जनाएका छन् ।
अमेरिकामा बसोबास गर्दै आएको उहाँहरुको परिवारले यस अघि पनि नेपालका विभिन्न स्थानमा भएका बाढी पिडित तथा विपन्न परिवारलाई आर्थिक सहयोग गर्दै आउनु भएको छ । माया घर नेपालमा रहेका आश्रितहरुलाई व्यवस्थापनमा सहयोग पु¥याउने उदेश्यले सो सहयोग गरेको स’वेदीले बताए । दैनिक हुने आम्दानीको केही प्रतिशत रकम संकलन गरेर नेपालमा सहयोग गर्ने गरेको विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका नेपालीहरुले नेपालमा विभिन्न समयमा सहयोेग गर्दै आएका छन् । (साथमा सहयोग गर्ने दाता दम्पतीको तस्विर)

Comments

सम्बन्धित खवर