•  २३ बैशाख २०८१, आईतवार
  •  2:20:41 PM

खोटाङमा कोरोना संक्रमितको संख्या ५७ मा झर्‍यो

- फाल्गुन ३, २०७८ मा प्रकाशित


खोटाङ: खोटाङमा कोभिड-१९ बाट संक्रमितको संख्या ५७ मा झरेको छ । मंगलबार थप नाै जना संक्रमणमुक्त भएसँगै संक्रमितको संख्या ५७ मा झरेको हो । पछिल्लो साता दिनानुदिन संक्रमितको संख्या घटिरहेको छ ।

मंगलबार २० जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनालाई मात्र संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए । सक्रिया संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् । 

कोरोना संक्रमणको पहिलो, दोस्राे र तेस्राे लहरमा गरी हालसम्म तीन हजार ४६४ जनालाई संक्रमण पुष्टि भएकाेमा निको हुनेको कुल संख्या तीन हजार ३६३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म एक लाख १६ हजार ६८९ जनाले पहिलो मात्राको र ६७ हजार २९ जनाले दोश्रो मात्राको खोप लगाइसकेका छन् । कोभिड-१९ को पहिलो र दोस्राे लहरमा १५ जनाले ज्यान गुमाएका थिए । 

महामारीमा उपयोगका लागि जिल्ला अस्पतालसहित सात अस्पतालमा २३४ बेड तयारी अवस्थामा राखिएकाे छ । यस्तै, एक थान भेन्टिलेटर, सातवटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । -न्युज कारखाना 

Comments

सम्बन्धित खवर