आङ खसेका महिलाको उपचारमा नगरपालिकाकाे नि:शुल्क घुम्ती शिविर
- फाल्गुन ३, २०७८ मा प्रकाशित
खोटाङ: आङ खसेका महिलाको उपचारका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घुम्ती शिबिर सञ्चालन भएकाे छ । आङ खसेर दर्दनाक दिनचर्या बिताइरहेका महिलालाई लक्षित गर्दै नगरपालिकाले विभिन्न वडामा विशेष शिविर तथा पाठेघरको क्यान्सरको जाँचका लागि भीआईए क्याम्प सुरू गरेको हो ।
राेग लुकाएर बसेका पीडित महिलाको पहिचान गर्ने र उपचार सेवा सहजै उपलब्ल गराउने लक्ष्यका साथ १ फागुनमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाबाट सुरू भएकाे घुम्ती शिविर मंगलबार हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा पुगेको छ ।
बाहुनीडाँडाकाे शिविरमा आएका ७६ जना सेवाग्राहीमध्ये आङ खसेका आठ जनामा रिङप्रेसरी राखिएको छ । भीआईए जाँचका क्रममा आङ खस्ने समस्याका कारण एक महिलामा क्यान्सरकाे लक्षण देखिएकाे नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए । यस्तै, २ फागुनमा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा सञ्चालन गरिएको शिविरमा ५२ जना सेवाग्राही लाभान्वित भएका छन् । मंगलटारकाे शिविरमा ६ जनालाई रिङप्रेसरी राखिएको छ । सल्लेकाे शिवरमा ९० जनाभन्दा बढी सेवाग्राही आएको सह–संयोजक घिमिरेले बताए । सल्लेमा पुरै आङ खसेका दुई वृद्धाको पहिचान गरिएको छ । पुरै आङ खसेकाे र उमेर हदका कारण उनीहरूकाे शल्यक्रिया गर्न नमिल्ने भएकाले घरैमा पुगेर रिङ प्रेसरी राख्ने तयारी गरिएको छ । उनीहरूलाई अटो रिक्सामा राखेर समेत शिविरमा पुर्याउन नसकिएको सह–संयोजक घमिरेले बताए । घुम्ती शिविर हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौैलेको नवलपुरमा पुगेर टुंगिने छ ।
पाठेघरको क्यान्सर भएका महिलालाई पायक पर्ने शहरमा गएर उपचार गर्न यातायात खर्चबापत जनही पाँच हजार उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । घुम्ती शिबिरका लागि मेयर इवन राई, उपमेयर विमला राई, स्वास्थ्य शाखा संयोजक खेमराज आचार्य, सह–संयोजक घिमिरे, स्वास्थ्यकर्मी लगायतको टोली हिँडिरहेका छन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments