•  २२ बैशाख २०८१, शनिबार
  •  3:37:09 AM

चिरपटले हानेर आमाको हत्या गर्ने छोरा पक्राउ

- फाल्गुन २, २०७८ मा प्रकाशित


मोरङ: आफ्नै ७० वर्षीया आमा चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ने ३५ वर्षीय गंगा प्रसाद भण्डारीलाई पक्राउ गरेको छ ।

उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

घरायसी बिवादको क्रममा उनले आफ्नै आमालाई चिरपट प्रहार गरेको प्रहरीले जनाएको छ । 

भण्डारी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

गम्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । -न्युज कारखाना

Comments

सम्बन्धित खवर