•  २३ बैशाख २०८१, आईतवार
  •  10:45:24 AM

पाँच थान भरुवा बन्दुकसहित थारु पक्राउ

- फाल्गुन २, २०७८ मा प्रकाशित


कपिलवस्तु: वाणगंगा नगरपालिका–९ चौवा बस्ने ६० वर्षीय रामसमुज थारुलाई ५ थान भरुवा बन्दुक सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले थारुको घर तलासी गर्दा प्लास्टिकले छोपी राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर