•  २ जेष्ठ २०८१, बुधबार
  •  12:12:25 PM

प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडक कालोपत्रे गरिने

- माघ २६, २०७८ मा प्रकाशित


इटहरीः पूर्वी पहाडी जिल्ला ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरातर्फ जाने १० किलोमिटर सडक कालोपत्रे गरिने भएको छ ।

सुकेटारदेखि काफ्लेपाटीसम्मको सडक कालोपत्रे हुने भएको हो । कालोपत्रेका लागि कन्टेक निर्माण प्रालिसँग ४० करोड ७६ लाख रूपैयाँको ठेक्का सम्झौता भएको उत्तर दक्षिण (मूलघाट, दोभान ओलाङ्चुङगोला) सडक योजना कार्यालयले जनाएको छ ।

सम्झौता माघको पहिलो साता नै भएको हो । सडक दुई वर्षभित्रमा कालोपत्रे गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

पाथीभरा जाने सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्मको आठ किलोमिटर खण्ड भने यसअघि नै कालोपत्रे भइसकेको छ । सडक कालोपत्रे भएपछि पाथीभरामा पूजापाठ गर्न आउने तीर्थयात्रीको सङ्ख्या बढ्नसक्ने पाभीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

अहिले वार्षिक तीन लाखभन्दा बढी धार्मिक पर्यटक पूजापाठ र दर्शनका लागि पाथीभरा पुग्ने गरेका छन् । सडक कालोपत्रे भएपछि यो सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

Comments

सम्बन्धित खवर