•  २ जेष्ठ २०८१, बुधबार
  •  10:25:25 AM

स्याङ्जा अस्पतालले ल्यायो अक्सिजन प्लान्ट

- माघ १९, २०७८ मा प्रकाशित


काठमाडौँः
स्याङ्जाको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । बिजुली नहुँदा जडान भएर पनि जिल्ला अस्पतालमा लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको थिएन ।

कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको आवश्यकता महसुस गरी गत असारमा सो प्लान्ट स्थापना गरिएको हो ।
विद्युतको समस्याले त्यसयता प्लान्ट सञ्चालन गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

‘झन्डै सात÷आठ महिनासम्म प्लान्ट प्रयोगविहीन अवस्थामा रह्यो,’ उनले भने, ‘नेपाल विद्युत प्राधिकरणसँगको समन्वय र सहयोगमा विद्युतको क्षमता विस्तार गरी प्लान्ट सञ्चालनमा ल्याइएको हो ।

कोरोना सङ्क्रमण दर बढ्दै गएपछि प्लान्ट सञ्चालनका लागि प्रजिअ पौडेलले समन्वय गरेका थिए । अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै अब जिल्लाका बिरामीलाई अक्सिजनको अभाव नहुने अस्पताल सञ्चालक समितिका अध्यक्ष इन्द्रबहादुर गोदारले बताए ।

पन्ध्र एनएमक्यूब क्षमताको उक्त प्लान्टले प्रतिघन्टा १५ हजार लिटर अक्सिजन उत्पादन गर्न सक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रमेशप्रसाद आचार्यले जानकारी दिए । प्लान्टबाट दैनिक ७० देखि ७५ वटा सिलिण्डर भर्न सकिने उनले बताए । -रासस

Comments

सम्बन्धित खवर