•  २ जेष्ठ २०८१, बुधबार
  •  7:53:13 AM

बेलायतमा झन्डै पाँच अर्ब पीपीआई आइटम हिनामिना

- माघ १८, २०७८ मा प्रकाशित


लन्डन: बेलायतमा कोभिडको संभावित संक्रमणबाट जोगिन स्वास्थ्यकर्मीले लगाउने ठूलो परिमाणको व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीइ) सेटसँग सम्बन्धित सामाग्री खेरा जाने भएको छ । २ अर्ब ७० करोड युरो मूल्य बराबरको करिब पाँच अर्ब आइटम हिनामिना हुने भएको हो । ठूलो परिमाणको सामाग्री हिनामिन भएको भन्दै लिबरल डेमोक्र्याट्सले सरकारको आलोचना गरेको छ । ती आइटमको अब प्रयोग नहुने र राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारीलाई सुरक्षा प्रदान नगर्ने सरकारले जनाएको छ ।

स्वास्थ्यमन्त्री इडवार्ड अर्गरले दिएको एउटा लिखित संसदीय सुनुवाई समितिलाई दिएको एक जवाफमा सो सामाग्री खेरा गएको उल्लेख छ । ‘सन् २०२० को मार्चमा महामारी फैलिएपछि सरकारको पीपीइ कार्यक्रमले ३६ अर्ब ४० करोड भन्दा बढी सामाग्री किन्न आदेश दिएको थियो । त्यो मध्ये ३ अर्ब ४० करोड इकाईलाई हाल सम्भावित अतिरिक्त स्टकको रुपमा पहिचान गरिएको छ । ती सामाग्रीको अनुमानित मूल्य दुई अर्ब २० करोड युरो छ,’ अर्गरले भने ।

उनले अगाडि थपे, ‘तीमध्ये १ अर्ब २० करोड आइटम प्रयोगका लागि उपर्युक्त छैन् । यसलाई किन्दा ४५ करोड ८० लाख युरो लागेको थियो ।’ तथ्यांकअनुसार अतिरिक्त स्टक र कामै नलाग्ने आइटम गरी ४ अर्ब ६० करोड आइटम हिनामिना भएको छ । न्युज कारखाना

Comments

सम्बन्धित खवर