•  २ जेष्ठ २०८१, बुधबार
  •  4:26:33 PM

माधव नारायण व्रतालुद्वारा पशुपतिनाथको दर्शन

- माघ १८, २०७८ मा प्रकाशित


काठमाडौं: माधव नारायाण व्रतालुले सोमबार पशुपतिनाथको दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिर परिसर भएर बगेको बाग्मती नदीमा स्नान गरेका उनीहरूले पशुपतिनाथको दर्शन गरेका हुन् ।

पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म मनाउने श्रीस्वस्थानी व्रत कथा माधव नारायण मेला साँखुसहित काठमाडौ उपत्यका विभिन्न स्थानमा मनाउने गरिन्छ ।

व्रतालुहरू नगरपरिक्रमादेखि विभिन्न धार्मिक स्थानमा पुगेर दर्शन गर्नेगर्छन् ।

Comments

सम्बन्धित खवर