•  २ जेष्ठ २०८१, बुधबार
  •  11:29:10 PM

गाउँपालिकाद्वारा स्वयंसेविकालाई साइकल उपहार

- माघ १८, २०७८ मा प्रकाशित


इटहरीः झापाको कचनकवल गाउँपालिकाले सोमबार (हिजो ) नगर क्षेत्रमा सेवारत र सेवा निवृत्त ६८ जना स्वास्थ्य स्वयंसेविकालाई साइकल प्रदान गरेको छ ।

६१ जना सेवारत र सात जना सेवा निवृत्त स्वास्थ्य स्वयंसेविकालाई साइकल उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । पालिकाका अध्यक्ष अन्जार आलमका अनुसार सेवा निवृत्तलाई प्रोत्साहन र सेवारतलाई काममा सहजता र छिटो बनाउने उद्देश्यले साइकल वितरण गरिएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले अनुसार वार्षिक स्वास्थ्य योजना अनुसार स्वयंसेविकालाई साइकल वितरण गरिएको बताए । पालिकाले पाँच लाख रुपैयाँ खर्चेर साइकल वितरण गरेको उनको भनाइ थियो ।

सेवा निवृत्त सातजना स्वयंसेविकालाई गाउँपालिकाले २५ हजार नगदसमेत दिएको छ । खासगरी स्वास्थ्य स्वयंसेविकाले गाउँगाउँ पुगेर महिला र बालबालिकालाई स्वास्थ्य सेवा दिने गरेका छन् ।

Comments

सम्बन्धित खवर