गौर नरसंहार दोहोर्याउने धम्की दिएकी मन्त्री यादवलाई कारबाहीको माग गर्दै गठबन्धनका नेताहरुलाई पत्र
- माघ १८, २०७८ मा प्रकाशित
काठमाडौं:
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई कारबाहीको माग गर्दै नागरिक अगुवाहरुले सत्ता गठबन्धनका नेताहरुलाई पत्र बुझाएका छन् । मन्त्री यादवले केही दिन अघि गौर हत्याकाण्ड दोहोर्याउने धम्की दिएकी थिइन् । २०६३ चैतमा भएको उक्त नरसंहारमा तत्कालीन मधेसी जनाधिकार फोरमका कार्यकर्ताले तत्कालीन नेकपा (माओवादी)का २८ जना कार्यकर्ताको हत्या गरेका थिए ।
नागरिक अगुवाहरुले प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका दलका अध्यक्षलाई पत्र पठाएका हुन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई पत्र पठाइएको हो ।
डा केदारनरसिंह केसी, चरण प्रसाई, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले नेताहरुलाई पत्र लेखेका हुन् । दलका नेताहरुलाई पठाइएको पत्रमा आफूहरु मन्त्री यादवको राजीनामा को मागमा अडिग रहेको पनि उनीहरुले उल्लेख गरेका छन् ।
सम्बन्धित खवर
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
-
ताजा बैशाख ३१, २०८१कलाकार उज्वल केसीको निधन
-
ताजा बैशाख ३१, २०८१कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै : कांग्रेसले गर्याे बहिष्कार : नेकपा एसले मत नदिने
Comments