•  २३ बैशाख २०८१, आईतवार
  •  12:52:32 PM

पोखरा जाँदै गरेको बस रोकिराखेको ट्रकमा ठोक्कियो, एकको मृत्यु, चार जना घाइते

- चैत्र ४, २०८० मा प्रकाशित


चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबीरेमा रोकिरहेको ट्रकमा बस ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य चार जना यात्रु घाइते भएका छन् । मृतक र घाइते सबै भारतीय नागरिक भएका जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश रिमालले जानकारी दिएका छन् ।

टायर पञ्चर भएर रोकिरहेको ट्रकमा गए राति बस ठोक्किँदा दुर्घटना भएको र मृत्तक, घाइते भारतीय नागरिक रहेको एसपी रिमालले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाउनेमा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दास रहेका प्रहरीले जनाएको छ । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ८५२४ नम्बरको बस सडक किनारमा रोकिराखेको ना ६ ख ३२८० नम्बरको ट्रकमा ठोक्किएको हो ।

Comments

सम्बन्धित खवर