•  २३ बैशाख २०८१, आईतवार
  •  8:29:14 AM

भोजपुरमा आगलागीमा परी खेलिरहेका एकै घरका तीन बालबालिकाको मृत्यु, खुल्यो पहिचान

- चैत्र ४, २०८० मा प्रकाशित


भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा आगलागी हुँदा मृत्यु भएका एकै परिवारका तीन बालबालिकाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईका अनुसार केदार कार्कीका ५ वर्षका छोरा प्रनिश कार्की र रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस कार्कीको मृत्यु भएको हो ।

गोठबाट सल्किएको आगोले खेलिरहेका बच्चालाई भेटेको र उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, भोजपुरको टक्सारमा जंगलबाट सुरु भएको आगो बस्तीमा पस्दा ८ घर पूर्ण रूपमा जलेका छन् । भोजपुर नगरपालिका–१२, टक्सारको मालेबाँसस्थित जंगलमा लागेको आगो बस्तीमा पस्दा घर–गोठ जलेको हो ।

Comments

सम्बन्धित खवर