•  २२ बैशाख २०८१, शनिबार
  •  8:39:43 PM

इटहरीमा नगर प्रहरीको दादागिरी : राजमार्गमा सफारी चेकिङ देखि जरिवाना असुल सम्म 

- चैत्र ३, २०८० मा प्रकाशित


ट्राफिक प्रहरीका एसपी पौडेल भन्छन् : राजमार्गमा चेकिङको अधिकार नगर प्रहरीलाई छैन 

इटहरी । इटहरी उपमहानगरका नगर प्रहरीकाे दादागिरीले नगर क्षेत्रका व्यवसायी देखि सिटि सफारी चालकहरू हैरान बनेका छन । कार्य क्षेत्र भन्दा बाहिर गएर नगर प्रहरीहरूले सर्वसाधरण देखि व्यवसाय र सिटि सफारीलाई दुख दिने गरेकाे गुनासाे बढदाे छ । मुख्य राजमार्गबाट सफारी चेकिङ गर्नु र अवैध जरिवाना असुल्ने देखि गेटमा आएका सेवाग्राहिहरू संग अभद्र ब्यवहार गर्ने सम्मकाे गुनासाे बढदाे छ ।

उच्च अदालत विराटनगरको आदेश विपरीत इटहरी उपमहानगरले सिटी सफारीबाट अनधिकृत रकम असुली गरेको पाइएको छ । सिटी सफारी व्यवस्थापन गर्ने नाममा उपमहानगरले एकै पटक तिन वटा योजना बनाएर काम गरिरहेको थियो । सिटी सफारीमा टाइम कार्ड लागु , एक नगरबाट अर्को नगर प्रवेशमा कडाइ र अनिवार्य लाइसेन्स हुनुपर्ने निर्णय गरेको थियो ।

सो निर्णय विरुद्ध सुन्दरहरैचाका सिटी सफारी चालकहरूले इटहरी प्रवेश गर्न नपाएपछि उपमहानगरलाई विपक्षी बनाएर उच्चमा रिट दायर गरेका थिए । उच्चले फागुन ११ गते बिहीबार कुनै प्रकारको रोकटोक र राजमार्गबाट रकम असुल नगर्न अन्तरिम आदेश जारी गरेको थियो । तर आदेश विपरीत इटहरी उपमहानगरका नगर प्रहरीहरूले जथाभाबी सफारीहरूबाट रकम असुलेको प्रमाण भेटिएको छ ।

नगर प्रहरीले आफ्नो कार्य क्षेत्राधिकार भन्दा बाहिर गएर मुख्य राजमार्गमा गुडिरहेका सफारीबाट मन लाग्दो रकम असुलेको प्रमाण भेटिएको हो । मुख्य राजमार्गमा सफारी लगायत अन्य सवारी साधनलाई चेकजाँच र जरिवाना तिराउने अधिकारी ट्राफिक प्रहरीलाई मात्र छ तर यहाँ नगर प्रहरीले नै जथाभाबी रकम असुलेको भेटिएको हो । इटहरीका सफारी चालक नवीन तामाङका अनुसार नगर प्रहरीले सादा पेपरमा चिट काटेर आफूबाट रु ५ सय लगेको बताए । उनले लाइसेन्स नभएको भन्दै आफू सँग रु ५सय लगेको बताए । त्यस्तै इटहरी ९ का दीपेन्द्र चौधरी राजमार्गमा रोकेको भन्दै नगर प्रहरीले हातपात र दुर्व्यवहार समेत गरेको बताए । उनले पैसाको चिट काटे पनि आफूले प्रतिकार गर्दा सफारी ढेकालेर आफूमाथि हातपात गरेको बताए ।

इटहरी ७ बज्राहाका डमरु सरदार नगर प्रहरीले काटेको रु ५ सयको चिट देखाउँदै आफूहरूमाथि ज्यादती र अन्याय भएको बताए । नगर प्रहरीले सादा पेपरमा ‘श्री कर शाखा, बाटो इजाजत नभएको रु। ५००। जरिवाना ।’ अलिक तलपट्टि हस्ताक्षर र मिति उल्लेख छ ।यता यस विषयमा इटहरी उपमहानगरकी उपप्रमुख सङ्गीता चौधरी सँग बुझ्दा उनले कुनै पनि मज्दुरमाथी धरपकड गरिनु गलत र निन्दनीय रहेको बताइन । सफारी मज्दुरहरूको गुनासो आफूले पनि सुनेको र दुख लागेको बताउँदै तत्काल कार्यपालिका बैठक बोलाएर यो विषयमा बहस चलाउने बताइन । यता नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० सरोज पौडेलले राजमार्गमा सवारी साधन चेकिङको अधिकार नगर प्रहरीलाई नरहेको उल्लेख गरे ।

मुख्य राजमार्गमा चेकिङ देखि नियम सङ्गत नभएमा जरिवाना असुल्ने निकाय ट्राफिक प्रहरी मात्र रहेको र नगर प्रहरीले राजमार्गबाट रकम असुलेको पाइए कानुन अनुसार कार्वाहि गरिने पनि एसपी पौडेलले बताए ।

Comments

सम्बन्धित खवर