•  २० बैशाख २०८१, बिहीबार
  •  7:20:16 PM

इटहरी उपमहानगर : मेयर शक्तिशाली बन्दा , निरीह उपमेयर , मुर्कदर्शक कार्यपालिका सदस्य

- चैत्र ३, २०८० मा प्रकाशित


  • तेज बन

इटहरी । पछिल्लो केही दिन यता विभिन्न काण्ड र विवादित विषयका कारण इटहरी उपमहानगर चर्चामा छ । अदालतमा बहस चलिरहेकै बेला एकाएक उपमहानगरको वेभ साइडबाट शिक्षा ऐन परिवर्तन हुन,अदालतको आदेश विपरीत नगर प्रहरीले क्षेत्राधिकार बाहिर गएर सिटी सफारीबाट अनधिकृत सादा पेपरमा चिट काटेर रकम असुली गर्नु , पत्रकार कृष्ण बहावको मोबाइल खोसेर दुव्र्यवहार गरिनु ,र झारो टार्नकै लागि उपमेयर नेतृत्वले पत्रकार सम्मेलन गर्नुले इटहरी चर्चामा रहेको हो ।

गएकाे एक साता यता मात्र इटहरीमा ४ कान्ड मच्चिएका छन । तयारी चल्दा चल्दै खानेपानी निर्वाचन स्थकित पछि पुनःअदालतबाट निषेधाज्ञा जारी हुनु , अदालतमा बहस हुदा हुदै शिक्षा ऐन परिवर्तन हुनु , नगर प्रहरीकाे दादागिरी बिरूद्ध सिटि सफारी आन्दाेलित बनिनु , र नगरप्रहरीबाटै पत्रकारमाथी दुर्व्यवहार हुनु यि चार कान्डले इटहरी चर्चामा रहेका छन ।

सबै कान्डमा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पाैडेलकै प्रत्यक्ष संलग्नता रहेकाे उपमेयर संगीता चाैधरी लगायत कार्यपालिका सदस्यहरूले आराेप लगाउदै आएका छन । कार्यपालिका सदस्यहरूका अनुसार मेयर शक्तीकाे दम्भमा क्षेत्राधिकार भन्दा बाहिर गएर काम गरेकाे जस्का कारण आँफुहरलाइ नगरमा काम गर्न असहज भएकाे बताउछन ।

इटहरीका मेयर हेमकर्ण पौडेलले शक्तिको दम्भ देखाउँदै कार्यपालिका बैठक नराखी आफूखुसी निर्णय गरेको प्रति उपमेयर सङ्गीता चौधरी नेतृत्वले शुक्रवार खेद प्रकट गरेको छ । इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उपमेयर नेतृत्वको समूहले खानेपानी निर्वाचन भाडने देखि उपमहानगरको शिक्षा ऐन नै फेर बदल गरिनु मेयर हेमकर्ण पौडेल स्वोयमको संलग्नता रहेको दाबी गरेको छ ।

सबै विद्यालयहरूमा एकै पोसाक लागु गरिनुपर्ने निर्णय विरुद्ध प्याव्सन ऐन प्याव्सन तथा हिसानले उच्चमा रिट दायर गरेका थिए । सोही रिटको गत फागुन ३० गते बहस चलिरहँदा उपमहानगरको शिक्षा ऐनमा फरक फरक व्यवस्था देखिएपछि उपमहानगर प्रमुख पौडेलको सकृियतामै शिक्षा ऐन नै फेर बदल गरिएको उपमेयर चौधरीको आरोप छ । उनले कार्यपालिकाबाट पारित गरिएको शिक्षा ऐन देखाउँदै अदालत सम्म पुग्दा एकाएक परिवर्तन हुनु मेयर पौडेलकै सकृियता देखिएको आरोप लगाइन ।

उपमहानगरको शिक्षा ऐनमा विद्यार्थीले लगाउने पोसाक स्वयम विद्यालयले तोक्न पाउने व्यवस्था छ । उपमहानगरको शिक्षा ऐन २०७९ को बुँदा नं १०२ मा प्रस्ट लेखिएको छ । तर अदालतमा बहस हुँदै गर्दा सोही बुँदा फेरिएर विद्यार्थीले लगाउने पोसाक उपमहानगरले नै तोक्ने व्यवस्था छ भनी उल्लेख गरिएको छ । एउटै ऐनमा फरक फरक व्यवस्था देखिएपछि उच्चले आगामी चैत्र ७ गते अर्को फैशलाकालागि पेशी तोकिसकेको छ । अदालतको सो ऐनको सक्कल कागजात झिकाउन भनी उपमहानगरलाई आदेश समेत जारी गरेको छ ।

पत्रकार सम्मेलनमा उपमेयर सङ्गीता चौधरीले कार्यपालिका बैठकमा आफुहरू निरीह बन्नुपरेको सुनाइन । मेयर पौडेलले आफू खुसी कसैसँग समन्वय नै नगरी जथाभाबी निर्णय गरिदिँदा उपमहानगरमा आफूहरूलाई काम गर्न असहज भएको बताइन ।पत्रकार बहावमाथि नगर प्रहरीले गरेको दुव्र्यवहारको घटना प्रति खेद प्रकट गर्दै उपमेयर चौधरिले छानबिन गरी दोषी उपर कडा कार्वाहि गरिने पनि प्रतिबद्धता जाहेर गरिन ।

त्यस्तै वडा नं ३ का वडाध्यक्ष उमेस् सुवेदीले मेयर पौडेलले कार्यपालिका बैठकमा पनि तानासाही प्रवृत्ति देखाउने गरेको आरोप लगाए । उनले खानेपानी निर्वाचन भाँड्न पनि मेयर आफै लागिपरेको आरोप लगाए । वडाध्यक्ष सुवेदीले खाने पानीमा निर्वाचनको तयारी चलिरहँदा अदालतमा मुद्दा पर्नु ,उपमहानगरकै व्यक्ती समितिको संयोजक रहनु र उपमहानगरकै कानुनी सल्लाहाकारले बहस पैरवी गर्नुले खानेपानीको निर्वाचन भाडन मेयर आफै सकृिय रहेको पुस्टी हुने आरोप लगाए । त्यस्तै उनले पत्रकार बहाव माथि दुव्र्यवहार भइसकेपछि मेयर पौडेलले छानबिन समिति गठन गरेको भनिए पनि अहिले सम्म कुनै समिति नै गठन नभएको दाबी गरे । मेयर पौडेलले विवादित विषय थप जटिल नहोस भन्न र सामाजिक सञ्जालमा स्टनवाजी गर्न मात्रै छानबिन समिति गठन गरेको तर वास्तवमा अहिले सम्म उक्त समितिबारे कुनै माइनेटिङ नै नभएको बताए ।

इटहरीको मितेरी होटलमा आयोजित पत्रकार सम्मेलनमा उपमहानगरकी उपमेयर सङ्गीता चौधरी सँगै वडा नं ९ का वडाध्यक्ष जितेन्द्र ठाकुर , वडा नं ३ का वडाध्यक्ष उमेस् सुवेदी , वडा नं ४ का वडाध्यक्ष भक्तलाल गोले ९तामाङ० , १० का वडाध्यक्ष अवधेश चौधरी लगायत कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

Comments

सम्बन्धित खवर