•  २ जेष्ठ २०८१, बुधबार
  •  4:27:42 AM

कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौँमा पहिचान पक्षधरको प्रदर्शन

- फाल्गुन १७, २०८० मा प्रकाशित


इटहरी । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आज (बिहीबार) काठमाडौंमा प्रदर्शन गरिएको छ । फागुन १७ गते प्रदेश–१ को नाम कोशी नामाकरण गरिएको र प्रदेशको पहिचान नामेट गरिएको अँध्यारो दिन भएको भन्दै प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले काठमाडौंको तीनकुनेमा प्रदर्शनसहित सभा गरेको हो ।

कालो झण्डासहित प्रदर्शनमा सहभागीहरूले प्रदर्शनकारीले पहिचान विरोधी होशियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गर, संघीयता पुनः सीमांकन गरलगायतका नारा लगाएका थिए । उनीहरुले १ नम्बर प्रदेशको पहिचान मेट्ने काम फागुन १७ गते भएको भन्दै यस दिनलाई कालो दिनका रुपमा मनाएको जनाएका छन् ।

गत बर्ष फागुन १७ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश–१ को नाम कोशी रहने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो । कोशी नामको पक्षमा ८२ मत परेको थियो भने विपक्षमा चार मत परेको थियो । प्रदेश–१ को नाम कोशी भएपछि एक वर्षदेखि पहिचान पक्षधरले विरोध गर्दै आएका छन् ।

Comments

सम्बन्धित खवर