•  २३ बैशाख २०८१, आईतवार
  •  9:25:51 PM

सिंगापुरको प्रजनन दर इतिहासमा पहिलो पटक एक प्रतशित भन्दा तल

- फाल्गुन १७, २०८० मा प्रकाशित


सिंगापुर । इतिहासमा नै पहिलो पटक सिंगापुरको प्रजनन दर एक प्रतिशत भन्दा कममा झरेको छ । घट्दो जनसंख्या र जनशक्तिको अभावको सामना गरिरहेको सिंगापुरले कुल प्रजनन दर ०.९७ प्रतिशतमा सीमित भएको हो ।

सिंगापुरको तथ्याङ्क बिभाग अनुसार इतिहासमा नै पहिलो पटक प्रजनन दर एक प्रतिशत भन्दा कममा झरे पछि सरकार सन्तान उत्पादनका लागि पहलकदमी गर्ने जनाएको छ । सन २०२३ मा अनुमानित ०.९७ प्रतिशतमा झरेको देखेको छ, जुन देशको इतिहासमा पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।

जसले प्रत्येक महिलाले आफ्नो प्रजनन वर्षहरूमा जन्माउने औसत संख्यालाई जनाउँछ । सन २०२२ मा १.०४ र २०२१ मा १.१२ बाट घटेको प्रधानमन्त्री कार्यालयका मन्त्री इन्द्रानी राजाले बुधबार संसदमा जानकारी दिंदै भनेका छन् । जन्मदर २.१ को प्रतिस्थापन दर भन्दा तल रहेमा चिन्ताको बिषय भन्दै प्रजनन दर बढाउनका लागि आवाश्यक रणनीति बनाउनु पर्ने जनाएका छन् ।

Comments

सम्बन्धित खवर