•  १९ बैशाख २०८१, बुधबार
  •  2:14:09 PM

इटहरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

- फाल्गुन ९, २०८० मा प्रकाशित


इटहरी । इटहरी उप महानगरपालिकाको आयोजनामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। इटहरी रंगशालाको खेलमैदानमा आजदेखि प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन इटहरी उप महानगरपालिकाका मेयर हेमकर्ण पौडेलले गरे। प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए। राष्ट्रियस्तरको प्रतियोगिता जितेर आउने विद्यार्थीलाई उप महानगरले पुरस्कृत गर्ने उनले घोषणा गरे। खेलकुद क्षेत्रलाई बिकास गर्दै जाने उनको भनाई थियो ।

कार्यक्रममा उपमहानगरपालिकाको शैक्षिक शाखा प्रमुख दोर्ण दाहालले उपमहानगरका माध्यमिक स्तरका विद्यार्थीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताए। उनले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले पालिकास्तरीय प्रतियोगितामा भाग लिने बताए। प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ ।

Comments

सम्बन्धित खवर