•  ३ जेष्ठ २०८१, बिहीबार
  •  6:27:44 AM

काठमाडौं सीतापाइलामा एकै परिवारका तीन जनाको शव फेला, हत्याको आशंका

- फाल्गुन ९, २०८० मा प्रकाशित


काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले नागार्जुन नगरपालिका–६ सीतापाइलामा तीन जनाको शव फेला परेको जानकारी दिए ।

घरको कोठाभित्र एक महिला र दुई बच्चाको शव फेला गरेको हो । प्रहरीका अनुसार ३९ वर्षीया आमा तथा ८ र २ वर्षका छोरीका शव भेटिएका हुन् । प्रहरी टोली घटनास्थल पुगेको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।उनका अनुसार धारिलो हतियार प्रयोग गरी हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Comments

सम्बन्धित खवर