•  २ जेष्ठ २०८१, बुधबार
  •  3:38:13 AM

राैतहटमा नगर स्वास्थ शाखा प्रमुखको हृदयघातका कारण मृत्यु

- फाल्गुन ९, २०८० मा प्रकाशित


रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयघातको कारण मृत्यु भएको छ ।

गरुडा नगरपालिका जयनगर गाउँ घरभएका ५० वर्षीय स्वास्थ शाखा प्रमुख यादवको गए राति १० बजे हृदयघातबाट आकस्मिक निधन भएको हो । आफ्नो घरमै खाना खाएर सुत्नुअघि छाती दुखेको थियो ।

उपचारको लागि कतै लैजाने तयारी गरिरहेको अवस्थामा उनको निधन भएको उनका काका नेपाल विधुत प्राधिकरण मौलापुरका प्रमुख दिनेश यादवले बताएका छन् । उनको शव घरमै रहेको तथा आजै डाहसंस्कार गरिने पीडित परिवारले जनाएको छ । उनलाई हृदय सम्बन्धी कहिले कुनै समस्या नदेखिएको प्राधिकरण प्रमुख यादवले जानकारी दिएका छन् । उनको दुई छोरा र एक जना छोरी रहेको बताइएको छ ।

Comments

सम्बन्धित खवर